सर्लाही, ०३ कार्तिक । सर्लाहीको बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बारास्थित एसएल न्युरो अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनाबारे थप विवरण खुलेको छैन ।