जनकपुरधामका शक्तिपीठमा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो (तस्बिरहरू)
जनकपुरधाम, ३१ असोज । बडादशैँको सातौँ दिन सप्तमीका अवसरमा जनकपुरधामस्थित राजदेवी मन्दिरलगायत विभिन्न शक्तिपीठमा शनिबार बाजागाजासहित फूलपाती भित्र्याइएको छ ।
राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सलामीसहित फूलपातीको डोला निकालिएको थियो ।
त्यसपछि हिन्दु परम्पराअनुसार पूजापाठ गरी बेलको फल टिपेर विधिपूर्वक फूलपाती भित्र्याइएको हो ।
मिथिलाञ्चलमा फूलपाती भित्र्याउने परम्परालाई ‘बेलतोरी’ भनिन्छ ।
यस परम्पराअनुसार राजदेवी मन्दिरबाट बाजागाजासहित निस्किएको भक्तजनहरूको समूहले शक्तिपीठ नजिकै रहेको बेलको रूखमुनि पूजापाठ गरेको थियो ।
पूजापछि बेलको फल टिपेर फूलपातीका रूपमा मन्दिरमा भित्र्याइएको हो ।
मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको बेलतोरीले दशैँको धार्मिक महत्त्व र स्थानीय मौलिक संस्कृतिलाई प्रतिबिम्बित गर्छ ।

























तस्बिरहरू: राजा झा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




