प्रदेश प्रमुखसमक्ष मधेशी आयोगको आठौँ वार्षिक प्रतिवेदन पेस
जनकपुरधाम, २९ असोज । मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष आयोगको आठौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष साहले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८२/०८३ मा आयोगले सम्पादन गरेका कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कर्णसमक्ष पेस गरेका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार आयोगले आर्थिक वर्षभरि गरेका काम, गतिविधि तथा प्रगतिलाई समेटेर वार्षिक प्रतिवेदन पेस गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
उक्त प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कामकारबाहीको विवरण समेटिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




