सर्लाही, २९ असोज । सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल तथा गोलीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् ।

उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थापाको साथबाट ‘मेड इन युएसए’ लेखिएको एउटा पेस्तोल, नाम नखुलेको अर्को पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरिएको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका थापालाई पक्राउ गरेपछि बरामद हातहतियारसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।