७१औँ प्रहरी दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयमा वृक्षारोपण
जनकपुरधाम, २७ असोज । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
‘एक प्रहरी, एक बिरुवा’ अभियानअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीको उपस्थितिमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकाल, वरिष्ठ प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीसहित करिब ८० जनाको सहभागिता रहेको थियो ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
७१औँ प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएको यस कार्यक्रमले प्रहरी संगठनभित्र वातावरण संरक्षणप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्नुका साथै वृक्षारोपणमार्फत प्राकृतिक वातावरणको संरक्षणमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




