महोत्तरीमा दोहोरो मतदाता नाम हटाइयो
महोत्तरी, २३ असोज । जिल्ला निर्वाचन कार्यालयले हटाइएका मतदाताको सूची कार्यालय तथा सम्बन्धित स्थानीय तहका वडा कार्यालयमा सार्वजनिक गरिएको जनाएको छ ।
साथै, सबै स्थानीय तहलाई आ–आफ्ना वडा कार्यालयमा सूचना प्रकाशन गरी त्यसबारे जिल्ला निर्वाचन कार्यालयलाई समेत जानकारी गराउन आग्रह गरिएको छ ।
मतदाता नामावलीबाट नाम हटाइएको विषयमा कुनै तथ्यगत त्रुटि भएमा वा नाम कायम राख्नुपर्ने पर्याप्त आधार तथा प्रमाण भएमा सम्बन्धित मतदाता वा निजको एकाघरका सदस्यले आवश्यक कागजातसहित जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा यथाशीघ्र सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।
कार्यालयले मतदाता नामावलीमा नाम हटाउने कार्यसम्बन्धी कुनै त्रुटि भएमा आवश्यक प्रमाणका आधारमा सम्पर्क गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




