सिरहामा ११ सय किलोभन्दा बढी गाँजा बरामद
सिरहा, १५ असोज । सशस्त्र प्रहरीले सिरहाबाट ११ सय किलोभन्दा बढी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडी र मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले गएराति करिब १ बजे सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक गागन खोलापुलबाट गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा गाँजा लैजाँदै गरिएको अवस्थामा नियन्त्रणमा लिइएको हो । २६ वटा बोरामा प्याक गरिएको कुल १ हजार १०२ किलो ६५५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
सुरक्षा टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न चालक तथा अन्य व्यक्ति गाडी र मोटरसाइकल छाडेर फरार भएका छन् ।
बरामद गाँजा, बोलेरो गाडी र मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




