जनकपुरधाम, ०३ असोज । रसुवामा भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका थप ११ जनाको शव फेला परेको छ ।

नेपाली सेनाका अनुसार असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा पुरिएको अवस्थामा ११ वटा शव फेला पारेको हो ।

टोलीले शवहरू बाहिर निकाली आवश्यक प्रक्रिया अघि बढाएको सेनाले जनाएको छ ।

बाढीपछि आयोजनास्थलबाट ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् ।

बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको नेपाली सेनाले जनाएको छ ।