सिरहा, ०३ असोज । सिरहामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

सिरहा नगरपालिका–१९ का ३५ वर्षीय सञ्जय यादवको मोटर चलाएर खेतमा पानी पठाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मोटर सञ्चालन गर्ने क्रममा अचानक करेन्ट लागेका यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख वासुदेव पाठकले पुष्टि गरे ।

मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।