महोत्तरी, ०३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा महोत्तरीमा अस्पतालका बिरामी तथा कारागारका कैदीबन्दीलाई फलफूल वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा जलेश्वर अस्पतालमा भर्ना भई उपचाररत बिरामी तथा जलेश्वर कारागारमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गरिएको हो ।

दिवसको अवसरमा बिरामी तथा कैदीबन्दीको अवस्था बुझ्दै उनीहरूलाई फलफूल वितरण गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

कार्यक्रममार्फत उपचाररत बिरामी तथा कारागारमा रहेका कैदीबन्दीप्रति मानवीय संवेदना र सामाजिक उत्तरदायित्व अभिव्यक्त गरिएको प्रशासनले जनाएको छ ।

संविधान दिवसका अवसरमा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम गर्ने क्रममा अस्पताल र कारागारमा फलफूल वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले संविधान दिवसलाई औपचारिक कार्यक्रमसँगै सामाजिक सेवा र मानवीय सहयोगका गतिविधिमार्फत मनाएको जनाएको छ ।


तस्बिरहरु: जिल्ला प्रशासन कार्यालय महोत्तरी