१ लाख रुपैयाँ घुससहित नापी सर्वेक्षक पक्राउ
महोत्तरी, ३० भदौ । नापी कार्यालय बर्दिबासका एक नापी सर्वेक्षक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले मंगलबार सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नापी सर्वेक्षकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सर्वेक्षक सिरहा घर भई हाल नापी कार्यालय बर्दिबासमा कार्यरत रहेको बताइएको छ ।
अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
घुस लिएको विषयमा अनुसन्धान भइरहेको र थप विवरण अनुसन्धानपछि खुल्ने जनाइएको छ ।


