भंगहामा सोमबार स्थानीय बिदा
महोत्तरी, २८ भदौ । महिलाहरूको महान् पर्व हरितालिका तीज तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व चौठी चाँद (चौरचन) को अवसरमा महोत्तरीको भंगहा नगरपालिकाले एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबार नगर कार्यपालिकाको कार्यालयसहित नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा स्थानीय बिदा रहने जनाएको हो ।
नगरपालिकाका अनुसार अति आवश्यक सेवाबाहेक अन्य सबै सेवा तथा कार्यालयहरू उक्त दिन बन्द रहनेछन् ।
तीज तथा चौठी चाँद पर्वको अवसरमा नगरपालिकाले सम्पूर्ण नगरवासीमा शुभकामनासमेत व्यक्त गरेको छ ।
प्रशासकीय अधिकृत विजय कुमार यादवद्वारा जारी सूचनामार्फत स्थानीय बिदाबारे सम्बन्धित सबैलाई जानकारी गराइएको हो ।



