जनकपुरधाम, २६ भदौ । नेपाल सरकारले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झालाई नियुक्त गरेको छ । परिषद्को सदस्यमा अजित मिश्रलाई नियुक्त गरिएको छ ।

अध्यक्षमा नियुक्त झा र सदस्य मिश्रलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

उनीहरूको नियुक्तिले बृहत्तर जनकपुर क्षेत्रको विकास, संरक्षण तथा धार्मिक सांस्कृतिक सम्पदाको प्रवर्ढनमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।

नवनियुक्त अध्यक्ष झा र सदस्य मिश्रलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न तथा आगामी दिनमा जनकपुर क्षेत्रको विकास र समृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना दिइएको छ ।

उनीहरूको कार्यकालमा जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई थप उजागर गर्दै बृहत्तर जनकपुर क्षेत्रको समग्र विकासले गति लिने विश्वास व्यक्त गरिएको छ ।