दीपककुमार साहले लिए उद्योगमन्त्रीको शपथ
काठमाडौँ, २५ भदौ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री साहले शपथ लिएका हुन् ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

मन्त्री साहले अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्नेछन् ।


