इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी
जनकपुरधाम, २५ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरेको छ ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।
उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि मन्त्रालय हाल रिक्त रहेको छ ।
मन्त्री बन्ने तयारीसँगै साह निर्वाचन क्षेत्र सुनसरीबाट काठमाडौं फर्किएको बताइएको छ ।
साहलाई मन्त्री नियुक्त गर्ने विषयमा प्रधानमन्त्रीको सचिवालयले आवश्यक तयारी अघि बढाएको जनाएको छ ।


