अपर त्रिशूली–१ बाट एक जना विदेशी नागरिकको जीवितै उद्धार
जनकपुरधाम, २० भदौ । विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका एक विदेशी नागरिकको अपर त्रिशूली–१ जलविद्युत आयोजनास्थलबाट जीवितै उद्धार गरिएको छ ।
शनिबार नेपाली सेनाको उद्धार टोलीले खोजी तथा उद्धार अभियानका क्रममा आयोजनास्थलबाट एक जना विदेशी नागरिकलाई जीवितै फेला पारी उद्धार गरेको हो ।
बाढीका कारण आयोजनाको क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यहाँ नेपाली तथा विदेशी नागरिकको अवस्थाबारे अन्योल सिर्जना भएको थियो ।
उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा खोजी अभियान सञ्चालन गर्दै विदेशी नागरिकलाई सुरक्षित स्थानमा ल्याएको हो ।
उद्धार गरिएका नागरिकको अवस्था र राष्ट्रियताबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले रसुवाका बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।
बाढीपछि अपर त्रिशूली–१ आयोजनामा कार्यरत धेरै श्रमिक तथा कर्मचारी सम्पर्कविहीन भएको बताइएको छ ।
हराइरहेकाहरूको खोजीका लागि सुरक्षाकर्मीले आयोजनाको आसपासका क्षेत्रमा समेत अभियान तीव्र बनाएका छन् ।


