भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
जनकपुरधाम, १८ भदौ । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसको अवसरमा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ २३ गते सरकारी कार्यालय, सार्वजनिक निकाय तथा अन्य सम्बन्धित संस्थाहरूमा सार्वजनिक बिदा हुनेछ ।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको योगदानको सम्मान र स्मरणका लागि शहीद दिवसका रूपमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।


