कोशी ब्यारेजमा पानीको उच्च बहाव, २५ ढोका खोलिए
सप्तरी, १६ भदौ । कोशी ब्यारेजमा मंगलबार राति पानीको बहाव बढेर २ लाख १० हजार ४४५ क्युसेक पुगेको छ ।
राति ८ः२० बजे मापन गरिएको पानीको बहाव हाल स्थिर रहे पनि ब्यारेजमा पानीको अवस्था खतराको तहमा रहेको जनाइएको छ ।
पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएका छन् ।
जलस्तरको अवस्था खतराको तहमा रहेकाले कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
पानीको बहावमा तत्काल ठूलो उतारचढाव नदेखिए पनि नदीको जलस्तर र बहाव निरन्तर निगरानीमा राखिएको छ ।


