बाढीपीडित नेपाललाई भारतको सहयोग, मोदीले दिए आश्वासन

जनकपुरधाम, १० भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् ।
प्रधानमन्त्री शाहसँग भएको कुराकानीमा मोदीले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
मोदीले विपद्को यस कठिन घडीमा भारत सरकार र भारतीय जनता नेपाली नागरिकसँग ऐक्यबद्ध रहेको बताएका छन् ।
उनले नेपालमा उद्धार तथा राहतका लागि आवश्यक सबै प्रकारको मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको पनि स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री मोदीका अनुसार नेपालमा जारी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन भारतका सम्बन्धित टोलीहरूले नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेका छन् ।
नेपालमा पछिल्लो समय बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेको छ । विपद्को अवस्थामा छिमेकी मुलुक भारतले उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

