कप्तानगञ्जमा गोली लागेका अर्का युवाको पनि मृत्यु

जनक्पुरधाम, १९ साउन । सुनसरीको कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार घाइते २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यसअघि सोही घटनामा प्रहरीद्वारा चलाइएको गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो । रवीन्द्र मेहता पनि सोही घटनामा गम्भीर घाइते भएका थिए ।
यसैबीच, घटनापछि उत्पन्न तनावका क्रममा सिरहामा पनि प्रहरीको गोली लागेर एक जना युवाको मृत्यु भएको थियो ।

