जनकपुरधाम, १५ साउन । जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा गम्भीर घाइते भएका १२ वर्षीय आनन्द कुमार दासको काठमाडौंस्थित ट्रमा सेन्टरमा सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

अस्पताल स्रोतका अनुसार उनको शल्यक्रिया सफल भएको भए पनि स्वास्थ्य अवस्था संवेदनशील रहेकाले हाल आईसीयूमा राखेर उपचार भइरहेको छ ।

चिकित्सकहरूले आगामी ४८ घण्टासम्म विशेष निगरानीमा राखेर स्वास्थ्य अवस्थाको निरन्तर मूल्याङ्कन गर्ने बताएका छन् ।

जनकपुरधाममा भएको आन्दोलनका क्रममा गम्भीर घाइते भएका आनन्दलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

विशेषज्ञ चिकित्सकको टोलीले उनको शल्यक्रिया सम्पन्न गरेको हो ।

शल्यक्रिया सफल भएपछि परिवारका सदस्यले राहत महसुस गरेका छन् ।

उपचारमा संलग्न चिकित्सकहरूले अहिलेको अवस्था स्थिर रहे पनि आगामी केही दिन निकै महत्वपूर्ण रहने भएकाले निरन्तर निगरानी आवश्यक रहेको बताएका छन् ।