जनकपुरधाम, १४ साउन । जनकपुरधाममा बिहीबार भएको प्रदर्शनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन् । उनको अवस्था जटिल रहेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ ।

घाइते हुनेमा जनकपुरधाम उपमहानगरपालिका–७ निवासी आनन्द दास रहेका छन् ।

प्रदर्शनका क्रममा गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो ।

प्रारम्भिक उपचारपछि चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको बताउँदै सुविधासम्पन्न अस्पतालमा थप उपचार आवश्यक रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पंकज महतोका अनुसार आनन्दलाई हेलिकप्टरमार्फत काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । आवश्यक समन्वय र व्यवस्थापनको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

बालक कसरी र कुन परिस्थितिमा घाइते भएका हुन् भन्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।