सिरहा, १४ साउन । सिरहामा जारी प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घटना बढ्दै गएपछि जिल्लाको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ ।

बिहीबार बिहानदेखि प्रदर्शन उग्र बन्दै जाँदा सिरहाका विभिन्न स्थानमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव बढिरहेका बेला गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ ।

आगलागीबाट मलमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनापछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन प्रयास जारी राखेको जनाएको छ ।

आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।