जनकपुरधाम, १२ साउन । धनुषाको हँसपुर नगरपालिका–८ झटियाहीमा धानखेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय गर्भु मण्डल रहेका छन् ।

मंगलबार खेतमा सिँचाइका लागि पानी हालिरहेका बेला अचानक विद्युत् प्रवाह भएको तारको सम्पर्कमा आउँदा उनी गम्भीर घाइते भएका थिए ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक जानकारीअनुसार सिँचाइका क्रममा विद्युत् सुरक्षामा लापरवाही वा प्राविधिक कारणले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

वर्षायाममा धान रोपाइँ तथा सिँचाइका बेला विद्युतीय उपकरण र तारको प्रयोग गर्दा विशेष सतर्कता अपनाउनुपर्ने भन्दै स्थानीयले पनि सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।