नरसिंङ कर्मचारीको रात्रिकालीन भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले नरसिंङ कर्मचारीको रात्रिकालीन भत्ता दोब्बर बनाउने घोषणा गरेको छ । साथै महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा पनि ५० प्रतिशतले वृद्धि गरिएको छ ।
शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रका कर्मचारी तथा स्वयंसेविकाको सुविधा वृद्धि गर्ने घोषणा गरेका हुन् ।
सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउन र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न यस्तो व्यवस्था गरिएको जनाएको छ ।
बजेटमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री वाग्लेले स्वास्थ्य क्षेत्र सुधार, सेवा विस्तार र जनशक्तिको प्रोत्साहनलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको पनि बताए ।


