बसवरियामा ३ हजार परिवारलाई इन्डक्सन चुल्हा वितरण सुरु

जनकपुरधाम, २७ बैशाख । सर्लाहीको बसवरिया गाउँपालिकामा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ हजार घरपरिवारलाई इन्डक्सन चुल्हा वितरण गरिएको छ ।
अमेरिका–इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा ग्यास आपूर्तिमा असर पर्न सक्ने र मूल्यवृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै उक्त कार्यक्रम अघि बढाइएको जनाइएको छ ।
कार्यक्रम नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा प्रदेशसभा सदस्य बिरेन्द्र प्रसाद सिंहको पहलमा सम्पन्न भएको हो । कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
आयोजकका अनुसार एका नेपाल र वाग्मती सेवा समाजको सहयोगमा गाउँपालिकाभित्रका ३ हजार घरपरिवारलाई चरणबद्ध रूपमा इन्डक्सन चुल्हा वितरण गरिनेछ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
सहभागीहरूले एलपी ग्यासमा बढ्दो निर्भरता कम गर्न र वातावरणमैत्री ऊर्जाको प्रयोग विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


