हावाहुरीले गाईगोठ ढल्दा च्यापिएर महिलाको मृत्यु

महोत्तरी, २६ बैशाख । महोत्तरीमा शुक्रबार साँझ आएको हावाहुरीका कारण गाईगोठ ढल्दा च्यापिएर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको पिपरा गाउँपालिका–६ मुसहरी टोलकी ५० वर्षीया सुनिता सदा (सुन्देश्वर सदाकी श्रीमती) को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ करिब साढे ५ बजेतिर आएको तीव्र हावाहुरीबाट बच्न स्थानीय झगरु मुखियाको गाईगोठमा ओत लाग्न गएकी सदा गोठ ढल्दा च्यापिएकी थिइन् ।
घटनास्थलमै उनको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिए ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


