जनकपुरधामको गोपाल डेरीमा अनुगमन, १०५ किलो दही नष्ट

जनकपुरधाम, २४ बैशाख । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनकपुरधामस्थित एक डेरी उद्योगमा अनुगमन गर्दै १०५ किलो दही नष्ट गरेको छ ।
कार्यालयको टोलीले जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्मा चोकमा सञ्चालित गोपाल डेरी उद्योगमा अनुगमन गर्ने क्रममा गुणस्तरहीन तथा उपभोगका लागि अनुपयुक्त देखिएको दही फेला परेपछि नष्ट गरिएको जनाएको छ ।
खाद्य प्रविधि कार्यालयका अनुसार नियमित बजार अनुगमनका क्रममा डेरी उद्योगमा उत्पादित दहीको गुणस्तर परीक्षण गर्दा मापदण्डअनुसार नभेटिएकाले १०५ किलो दही नष्ट गरिएको हो ।
टोलीले डेरी उद्योगलाई सरसफाइ, उत्पादन प्रक्रिया तथा खाद्य मापदण्ड पालना गर्नसमेत निर्देशन दिएको जनाएको छ ।

कार्यालयले पछिल्लो समय जनस्वास्थ्यलाई ध्यानमा राख्दै डेरीजन्य वस्तु, मिठाइ, पेय पदार्थ तथा दैनिक उपभोग्य सामग्रीमा निगरानी बढाइएको जनाएको छ ।
गुणस्तरहीन खाद्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसायमाथि कारबाहीलाई निरन्तरता दिइने चेतावनीसमेत दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


