धनुषामा आमा र डेढ वर्षीय छोरा मृत फेला

जनकपुरधाम, २४ बैशाख । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा एक महिलासहित उनका डेढ वर्षीय छोरा मृत अवस्थामा फेला परेका छन् ।
स्थानीयका अनुसार २३ वर्षीया बबिता साह आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी हुन् । त्यस्तै, उनका १८ महिनाका छोरा आरभ साह पूजा कोठामा मृत अवस्थामा भेटिएका छन् । बालकको घाँटीमा डोरीजस्तो डाम देखिएको बताइएको छ ।
मृतक बबिताका श्रीमान रोजगारीका लागि विदेशमा रहेका छन् । उनी केही समयअघि घर आएर करिब २० दिनअघि पुनः विदेश फर्किएको स्थानीयले बताए ।
घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउने कार्य सम्पन्न गरी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


