जनमतको समर्थन फिर्तासम्बन्धी जानकारी सार्वजनिक

जनकपुरधाम, २३ बैशाख । मधेश प्रदेश सरकारलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएसँगै प्रदेशको राजनीतिक समीकरण फेरि तरंगित बनेको छ ।
प्रदेश प्रमुख कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार जनमत पार्टीले बैशाख २२ गतेदेखि लागू हुने गरी सरकारप्रतिको आफ्नो समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।
उक्त जानकारी प्राप्त भएसँगै प्रदेशको वर्तमान सरकार संवैधानिक रूपमा अल्पमतमा पर्ने सम्भावना बढेको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठन भएको सरकारलाई प्रमुख समर्थनकर्तामध्ये एक दलले साथ छोडेपछि अब नयाँ सरकार गठन वा विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने देखिएको छ ।
जनमत पार्टीको यस निर्णयले मधेश प्रदेशमा राजनीतिक अस्थिरता बढाउने देखिएको छ ।
अब प्रदेश प्रमुखले संविधानअनुसार आगामी प्रक्रिया अघि बढाउने तयारी गर्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


