अर्थ तथा योजना समितिमा नीति आयोग ऐन संशोधन विधेयकमाथि छलफल

जनकपुरधाम, २२ बैशाख । मधेश प्रदेश सभाअन्तर्गतको अर्थ तथा योजना समितिको बैठक सम्पन्न भएको छ ।
मंगलबार बिहान बसेको बैठकमा प्रदेश नीति आयोग गठन तथा कार्यसञ्चालन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि विस्तृत छलफल गरिएको हो ।
बैठकमा सहभागी सांसदहरूले प्रस्तावित संशोधनका विभिन्न पक्षमा धारणा राख्दै ऐनलाई समयानुकूल र प्रभावकारी बनाउन आवश्यक सुझाव प्रस्तुत गरेका थिए ।

छलफलका क्रममा नीति आयोगको संरचना, कार्यक्षेत्र तथा कार्यान्वयन पक्षलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको थियो ।
समितिका सभापतिले बैठक सफलतापूर्वक सम्पन्न भएको जनाउँदै छलफलमा सहभागिता जनाउने सम्पूर्ण सदस्यहरू तथा सम्बन्धित सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेकी छन् ।



