राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

काठमाडौँ, २२ बैशाख । रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारको सिफारिसअनुसार उक्त अध्यादेश मंगलबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सरकारले पुनः सिफारिस गरेपछि अध्यादेश जारी भएको हो ।
यसअघि सरकारले सिफारिस गरेका अन्य सातवटा अध्यादेश भने राष्ट्रपतिबाट पहिले नै जारी भइसकेका थिए ।
नयाँ अध्यादेश जारी भएसँगै संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा परिवर्तन आउने छ ।
यद्यपि, अध्यादेशका मुख्य प्रावधान र त्यसले पार्ने प्रभावबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


