सिरहामा हावाहुरीले लियो एक वृद्धाको ज्यान

सिरहा, २१ बैशाख । सिरहामा आएको तीव्र हावाहुरीका कारण एक वृद्धाको ज्यान गएको छ ।
जिल्लाको मिर्चैया नगरपालिका–११ सितापुरकी ७५ वर्षीया कारि देवी महराको मृत्यु भएको हो ।
स्थानीयका अनुसार हावाहुरीका क्रममा छिमेकीको घरबाट खसेको इँटा लागेर महरा गम्भीर घाइते भएकी थिइन् ।
टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार अपराह्न आएको हावाहुरीले उक्त क्षेत्रमा घर तथा भौतिक संरचनामासमेत क्षति पुर्याएको छ ।
अचानक आएको हावाहुरीका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


