नेविसंघको मधेश प्रदेश अध्यक्षमा यादव मनोनित

जनकपुरधाम, २१ बैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मधेश प्रदेश अध्यक्ष पदमा निशान्त राज यादवलाई मनोनित गरेको छ ।
संघको केन्द्रीय कार्यालय काठमाडौंले जारी गरेको पत्र अनुसार संगठनको विधान २०२७ (सातौँ संशोधन २०७५) बमोजिम गठित प्रदेश समितिको संरचना अनुसार यादवलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
२०८२ चैत १३ गते जारी निर्णयमा संघले यादवलाई विधि, विधान र संगठनात्मक मर्यादाभित्र रहेर संघलाई थप गतिशील बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

मनोनयनसँगै संगठनलाई थप उचाइमा पुर्याउन सफल हुने विश्वास गरिएको पनि पत्रमा उल्लेख छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू सत्यनारायण मिश्र (उदित), राहुल राज यादव, रामगुण यादव, रवि कुमार साह, प्रविण दास, आदित्य कुमार दास, सुदीप कुमार महतो, प्रदीप दाहाल, अरुण कुमार सिंह, गोपाल कृष्ण यादव, सुनिल कुमार साह र आशा यादवलगायतको सहभागितामा उक्त निर्णय गरिएको जनाइएको छ ।
नवनियुक्त अध्यक्ष यादवले संगठनलाई विद्यार्थी हकहित र लोकतान्त्रिक मूल्यमान्यताअनुसार अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


