जनकपुरधाम–१ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

जनकपुरधाम, १८ बैशाख । जनकपुरधाम उपमहानगरपालिका–१ मा नवनिर्मित वडा कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख साहले वडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह अझ सहज, व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनले स्थायी संरचना प्रयोगमा आएपछि उपमहानगरपालिकाको आर्थिक भारसमेत कम हुने बताए ।
वडा नं. १ का वडाध्यक्ष दिपनारायण यादवका अनुसार करिब ६० लाख रुपैयाँको लागतमा पाँचतले भवन निर्माण सम्पन्न गरिएको हो ।
नयाँ भवनबाट वडास्तरीय सेवा प्रवाहलाई चुस्त बनाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


