जनकपुरधाम, १८ बैशाख । नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रले ढल्केवर–बालगंगा १३२ केभी प्रसारण लाइनको तार तान्ने कार्यका कारण जनकपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति आंशिक वा पूर्ण रूपमा अवरुद्ध हुन सक्ने जनाएको छ ।

प्राधिकरणद्वारा जारी सूचनाअनुसार बैशाख १९ र २० गते बिहान ७:३० बजेदेखि दिउँसो २:०० बजेसम्म उक्त प्राविधिक कार्य सञ्चालन गरिनेछ ।

सो अवधिमा मुजेलिया सबस्टेशनबाट वितरण हुने लाइनमार्फत आपूर्ति हुने क्षेत्रहरूमा विद्युत् सेवा प्रभावित हुने बताइएको छ ।

निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सोही अनुसार विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

साथै, यस अवधिमा उपभोक्तालाई पर्न जाने असुविधाप्रति क्षमायाचना पनि गरिएको छ ।

प्राधिकरणका अनुसार वैकल्पिक रूपमा जनकपुर बजार क्षेत्रमा लोहरपट्टी सबस्टेशनबाटसमेत लाइन सप्लाई व्यवस्थापन गर्ने प्रयास गरिनेछ ।