अर्थ तथा योजना समितिमा नीति आयोगसम्बन्धी विधेयकमाथि छलफल

जनकपुरधाम, १५ बैशाख । मधेश प्रदेशको अर्थ तथा योजना समितिको बैठक मंगलबार सम्पन्न भएको छ ।
बैठकमा ‘प्रदेश नीति आयोग गठन तथा कार्यसञ्चालन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विस्तृत छलफल गरिएको हो ।
बैठकमा सदस्यहरूले विधेयकसँग सम्बन्धित विभिन्न सुझाव, धारणा तथा अनुभवहरू प्रस्तुत गरेका थिए ।
छलफलका क्रममा उठाइएका विषयहरू नीति निर्माण प्रक्रियालाई अझ प्रभावकारी, समावेशी र व्यवहारिक बनाउन मार्गदर्शक हुने विश्वास समितिले व्यक्त गरेको छ ।
समितिले विधेयकमाथि भएको रचनात्मक छलफलले प्रदेशको नीति निर्माण संरचनालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वाससमेत गरेको छ ।
बैठक सफलतापूर्वक सम्पन्न भएको जनाउँदै समितिले सहभागिता जनाउने सम्पूर्ण सदस्य तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


