जनकपुरधाम, १३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको सल्लाहकार पदमा मनीष रमन साह चयन भएका छन् ।

उनको नियुक्तिसँगै प्रदेशको व्यापार तथा उद्योग क्षेत्रलाई थप गतिशील बनाउने विश्वास गरिएको छ ।

व्यवसायिक क्षेत्रमा सक्रिय साहको अनुभव र नेतृत्वले मधेश प्रदेशमा निजी क्षेत्रको सशक्तिकरण, लगानी प्रवर्द्धन तथा औद्योगिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

उनको सफल कार्यकालको कामना गर्दै विभिन्न व्यक्तित्व तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

साथै, साहको भूमिकाले प्रदेशको आर्थिक गतिविधिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।