सभामुख यादवद्वारा लोकतन्त्र दिवसको शुभकामना

जनकपुरधाम, ११ बैशाख । मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले लोकतन्त्र दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपाली नागरिकमा शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार जारी शुभकामना सन्देशमा सभामुख यादवले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई लोकतन्त्र दिवसको हार्दिक बधाई तथा शुभकामना दिएका हुन् ।
उनले लोकतन्त्र दिवसले नेपाली समाजलाई लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र सुदृढीकरणतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । साथै, समृद्ध देश र प्रदेश निर्माणका लागि सबै नागरिक एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सभामुख यादवले लोकतन्त्रको संस्थागत विकास, सुशासन र नागरिक अधिकारको सुनिश्चिततामा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै यस दिवसले नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालमा हरेक वर्ष मनाइने लोकतन्त्र दिवसले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको स्मरण गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउने सन्देश दिने गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


