मधेश प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य

जनकपुरधाम, ११ बैशाख । मधेश प्रदेश सभाको चालु छैटौं अधिवेशन अन्त्य गरिएको छ ।
प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उक्त अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्) को वैशाख ९ गते बसेको बैठकले प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।
यो निर्णय वैशाख ११ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सभाको अधिवेशन अन्त्यसँगै अब नयाँ अधिवेशन बोलाउने तयारी सरकारकोतर्फबाट अगाडि बढाइने छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


