महोत्तरीमा अब घरमै राहदानी सेवा

महोत्तरी, १० बैशाख । जिल्ला प्रशासन कार्यालय महोत्तरीले सेवाग्राहीलाई सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ ।
अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बँदे कार्यसूचीअन्तर्गत बुँदा नं. २७ कार्यान्वयन गर्दै उक्त सेवा सुरु गरिएको हो ।
कार्यालयका अनुसार बैशाख १० गतेदेखि लागू हुने गरी अब सेवाग्राहीले राहदानीका लागि आवेदन दिँदा उल्लेख गरेको ठेगानामा नेपाल हुलाक सेवा मार्फत ‘Government courier service’ प्रयोग गरी राहदानी पुर्याइने व्यवस्था मिलाइएको छ ।
यसअघि राहदानी लिन सेवाग्राही आफैं कार्यालय धाउनुपर्ने बाध्यता रहेकामा नयाँ व्यवस्थाले समय, खर्च र झन्झट घटाउने विश्वास गरिएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई विशेष लाभ पुग्ने विश्वास गरिएको छ ।
कार्यालयले सेवाग्राहीलाई आवेदन फाराम भर्दा ठेगाना स्पष्ट र सही उल्लेख गर्न पनि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


