डिआइजीको कार्यकक्षमै प्रहरी जवानद्वारा हात काट्ने प्रयास

जनकपुरधाम, ९ बैशाख । मधेश प्रदेश प्रहरी कार्यालयमा बुधबार एक संवेदनशील घटना घटेको छ ।
कार्यालय प्रमुख डिआइजी गोविन्द थपलियाको कार्यकक्षभित्रै एक प्रहरी जवानले हात काट्ने प्रयास गरेका हुन् ।
सुरक्षा स्रोतका अनुसार प्रहरी जवान रोशन यादवले डिआइजीकै उपस्थितिमा धारिलो वस्तु प्रयोग गरी आफ्नो हात काट्ने प्रयास गरेका थिए ।
अवस्था गम्भीर बन्नुअघि नै त्यहाँ उपस्थित एक प्रहरी इन्स्पेक्टरले तत्काल हस्तक्षेप गर्दै उनलाई नियन्त्रणमा लिएका थिए ।
घटनापछि ती जवानको अवस्था सामान्य रहेको जनाइएको छ भने आवश्यक उपचारका लागि उनलाई स्वास्थ्य संस्थामा पठाइएको स्रोतले जनाएको छ ।
घटनाको कारण खुल्न नसकेको र यसबारे आन्तरिक अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतको भनाइ छ ।
मानसिक तनाव वा अन्य व्यक्तिगत कारणले घटना घटेको हुनसक्ने आशंका गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


