मठमन्दिर वरिपरि मासु मदिरा पसल बन्द गर्न दबाब

जनकपुरधाम, ८ बैशाख । गुठीका अतिक्रमित जग्गा खाली गराउन तथा मठमन्दिर आसपास सञ्चालनमा रहेका मासु तथा मदिरा पसलहरू बन्द गर्न माग गर्दै हिन्दू सम्राट सेना धनुषा शाखाले प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
संस्थाका प्रतिनिधिहरूले प्रदेशका गृहमन्त्री फकिरा महतोलाई ज्ञापनपत्र बुझाउँदै धार्मिक तथा सांस्कृतिक सम्पदामाथि बढ्दो अतिक्रमणले परम्परा र आस्थामा नकारात्मक असर परेको बताएका छन् ।
उनीहरूले गुठी अन्तर्गतका जग्गाहरूको संरक्षण गर्दै तत्काल अतिक्रमण हटाउन र धार्मिक स्थल वरपरका गतिविधि व्यवस्थित गर्न माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री महतोले विषयलाई गम्भीर रूपमा लिएको जनाउँदै सरोकारवाला निकायसँग समन्वय गरी छिट्टै आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पक्षसँग छलफल गरेर कार्यान्वयनको प्रक्रिया अघि बढाइनेछ ।
धार्मिक महत्वका क्षेत्रहरूको संरक्षणका लागि स्थानीय स्तरमै कडाइ आवश्यक रहेको भन्दै विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाहरूले समेत यस विषयमा चासो व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


