जनकपुरधाम, ५ बैशाख । श्री धर्म संस्था व्याहुत कलवार सेवा समिति जनकपुरधाम अन्तर्गतको युवा मञ्चको नयाँ कार्यसमिति मनोनयन गरिएको छ ।

हालै सम्पन्न संगठनात्मक निर्णयअनुसार युवा मञ्चको अध्यक्षमा अमित साह, उपाध्यक्ष भरत कुमार साह, महासचिवमा विकास साह, सचिव मौसम कुमार साह र कोषाध्यक्षमा राजेश कुमार साह चयन भएका छन् ।

समितिका अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरू समेत चयन गरिएको जनाइएको छ ।

नवगठित कार्यसमितिले संगठनलाई अझ सशक्त, सक्रिय र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नवमनोनित पदाधिकारीहरूले समाजमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै युवाहरूलाई संगठनात्मक गतिविधिमा थप सक्रिय बनाउने लक्ष्य लिएको बताएका छन् ।

कार्यसमितिको कार्यकालमा सामाजिक सेवा, सांस्कृतिक गतिविधि तथा संगठन सुदृढीकरणलाई प्रमुख प्राथमिकतामा राखिने बताइएको छ ।