जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी पक्राउ

रौतहट, ४ बैशाख । २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका एक कैदीलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्षको कैद सजाय पाएका ३० वर्षीय केदार परियारलाई पोखराको पृथ्वीचोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार परियारलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउपछि उनलाई कास्की कारागार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।
रौतहट जिल्ला अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेका परियार जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
अनुसन्धान अनुसार उनी अझै १८ वर्ष ४ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


