जनकपुरधाम, ३० चैत । जनकपुरधाममा उपचाररत एक बिरामीका लागि अत्यन्तै दुर्लभ मानिने ‘ए-नेगेटिभ’ रगतको अभाव हुँदा उपचार प्रभावित भएको अवस्थामा एक व्यक्तिको सक्रियता र मानवतापूर्ण पहलले समयमै जीवनरक्षक रगत उपलब्ध गराएको छ ।

उक्त बिरामीलाई चिकित्सकले तत्काल PRP (Platelet Rich Plasma) सहित ए-नेगेटिभ रगत आवश्यक रहेको बताएका थिए । तर, दुर्लभ रक्त समूह भएकै कारण लामो समयसम्म रगत व्यवस्थापन हुन सकेको थिएन ।

सामाजिक सञ्जालमा जानकारी व्यापक रूपमा फैलिएको भए पनि आवश्यक रगत जुटाउन सकिएको थिएन । जसकारण बिरामीको अवस्था झनै जटिल बन्दै गएको थियो ।

यही संवेदनशील परिस्थितिमा ब्लड फर नीडका केन्द्रीय सदस्य बलराम गुप्ताले पहल लिए । सामाजिक सञ्जालमार्फत बिरामीको अवस्थाबारे जानकारी पाएलगत्तै उनले तत्काल सक्रियता देखाउँदै रक्तदाताको खोजी सुरु गरे ।

उनको पहलपछि छोटो समयमै उपयुक्त रक्तदाता पहिचान गरियो र आवश्यक रगत संकलन गरी बिरामीलाई उपलब्ध गराइयो ।

रक्तदाता मोहम्मद मुस्ताक साफीले निस्वार्थ रूपमा रक्तदान गर्दै बिरामीको ज्यान जोगाउन महत्वपूर्ण योगदान दिए । उनको यो कदमले समाजमा मानवता अझै जीवित रहेको सन्देश दिएको छ ।

बलराम गुप्ताको यो कार्य रगत व्यवस्थापनमा मात्र सीमित नभई उनले संकटको घडीमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै एक जीवन बचाउने उदाहरण प्रस्तुत गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा देखिने रक्त अभावको समस्याबीच उनको यस्तो सक्रियता प्रेरणादायी मानिएको छ ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 90;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;