सिरहाका मेयर यादवमाथि कुटपिट प्रकरणमा पक्राउ पूर्जी जारी

सिरहा, २६ चैत । सिरहा नगरपालिकाका मेयर डा. नबिन कुमार यादवमाथि कार्यालय सहायक कुटपिट प्रकरणमा पक्राउ पूर्जी जारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत सोमबार मेयर यादवमाथि कार्यालय सहायक रामशरण यादवलाई कुटपिट गरेको आरोपमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको थियो ।
प्रहरीका अनुसार घटनापछि पीडित कार्यालय सहायक रामशरण यादवले प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीको आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको र पर्याप्त प्रमाण पाएको भन्दै अदालतबाट मेयर यादवमाथि पक्राउ पूर्जी जारी भएको हो । हालसम्म उनी पक्राउ परेका छैनन् ।
सिरहा जिल्ला प्रहरी कार्यालयले यस घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ । प्रहरीका अनुसार आवश्यक परे कानुनी प्रक्रिया अनुसार थप कारबाही अघि बढाउने तयारीमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


