अर्थ तथा योजना समितिको बैठक सम्पन्न

जनकपुरधाम, २६ चैत । मधेश प्रदेश सरकारको अर्थ तथा योजना समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा नीति आयोगका उपाध्यक्षसँग प्रदेशको बजेट निर्माण प्रक्रियामा MTEF (Medium-Term Expenditure Framework) प्रणाली लागू गर्ने लगायतका विषयमा छलफल गरिएको छ ।
बैठकमा समितिकी सभापति, सभामुख र समितिका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।
छलफलले प्रदेशको योजना तथा बजेट प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण कदम चाल्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
प्रदेश सरकारले MTEF प्रणाली लागू गरेमा बजेट योजनामा दीर्घकालीन दृष्टिकोण समावेश हुने र स्रोतको उपयोग सन्तुलित हुने देखिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


