काठमाडौँ, २६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको जानकारी अनुसार यो कदम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सिफारिसअनुसार गरिएको हो ।

लामिछानेको सिफारिस पत्रमा पार्टीको विधान अनुसार पदको दुरुपयोग र पार्टीको आदर्श तथा मर्यादामा आँच पुगेको अवस्थामा सभापतिलाई जिम्मेवारी लिन र आवश्यकता अनुसार सचेत गराउने अधिकार रहेको भनिएको छ ।

पत्रमा स्पष्ट गरिएको छ, ‘माननीय मन्त्रीलाई आफ्नो जिम्मेवारीमा अपेक्षित गम्भीरता नदेखिएकोले सचेत गराउन सिफारिस गर्दछु ।’

स्वास्थ्यमन्त्री मेहता चैत १३ गते पदमा नियुक्त भई कार्यभार सम्हालेकी थिइन् ।

यसअघि सभापति लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई पदमुक्त गरिसकेका छन् ।