उपसभामुखमा रुबीकुमारीलाई रास्वपाको साथ

काठमाडौं, २६ चैत । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी युवा नेतृ रुबीकुमारी ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने निर्णय गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले पार्टीले श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार वर्तमान राजनीतिक परिवेश र जनअपेक्षालाई मध्यनजर गर्दै उदाउँदा राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक ठानिएको हो ।
२५ वर्षीया ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् र उनको उम्मेदवारीलाई युवा नेतृत्वको प्रतिनिधित्वका रूपमा हेरिएको छ । रास्वपाको समर्थनसँगै उपसभामुख पदको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि उपसभामुख पदका लागि सरस्वती लामालाई उम्मेदवार बनाएको छ ।
लामाको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् ।
उपसभामुख चयनका लागि हुने मतदानमा विभिन्न दलहरूको समर्थन र समीकरण निर्णायक बन्ने देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


